नोकियाले ल्यायो सबैभन्दा सस्तो स्मार्टफोन (फोटोफिचर सहित)


मोबाइल फोनको बजारमा सामसुङ तथा एप्पलभन्दा पछाडि परेको नोकियाले मंगलबार दुर्य नयाँ स्मार्टफोन बजारमा ल्याएको छ ।स्मार्टफोनको बजारमा चलिरहेको लडाइँलाई अझै तेज पार्दै नोकियाले कम्पनीको आशा सिरिजका दुइ नयाँ स्मार्टफोन सार्वजनिक गरेको हो । ग्राहकको चाहनालाई ध्यानमा राख्दै नोकियाले आशा ३०८ र ३०९ बजारमा ल्याएको हो । नोकियाले आफ्ना यी नयाँ फोनले प्रयोगकर्तालाई स्मार्टफोनको उत्तम अनुभुति गराउने दाबी गरेको छ ।
दुइ नयाँ स्मार्टफोन मध्ये नोकिया आशा ३०८ डुअल सिम फोन हो जबकी नोकिया ३०९ सिंगल सिमका साथ उपलब्ध छ । साथै नोकियाले यी नयाँ स्मार्टफोनका साथ प्रयोगकर्तालाई सस्तो इन्टरनेट सेवा उपलब्ध गराउने बाचा पनि गरेको छ ।नोकियाका यी नयाँ स्मार्टफोनको मुल्य १ सय डलरको आसपासमा रहेको बताइएको छ । यो सँगै नोकियाका नयाँ स्मार्टफोन विश्व बजारमा आएकामध्ये सबैभन्दा सस्तो स्मार्टफोन हुनेछन् । यी स्मार्टफोन सस्तो हुनुका साथै नोकियाका अहिलेसम्मकै क्षमतावान टच स्किृन डिभाइसको रुपमा रहेको छ ।नोकिया आशा ३०८ मा ३ इन्चको टच स्किृन, ४०० गुणा २४० को रिजोलुसन रहेको छ । साथै फ्लास बिनाको २ मेगापिक्सेलको क्यामरा समेत रहेको छ ।
इन्टरनल मेमोरी ६४ एमबी छ जसलाई ३२ जीबीसम्म बढाउन सकिन्छ । यो फोन कालो तथा सुनौलो रंगमा उपलब्ध छ ।इन्टरनेटको अनुभवलाई उत्तम बनाउनका लागि यसमा नोकियाको नयाँ एक्सप्रेस ब्राउजर दिइएको छ । कम्पनीले भनेको छ की नयाँ ब्राउजर अरु ब्राउजर भन्दा ९० प्रतिशत बढि प्रभावकारी छ तथा वेब एप्लिकेसनको साथमा रहेको छ ।नयाँ स्मार्टफोनमा इजी स्वाप प्रविधि समेत रहेको छ । यो प्रविधिको मद्दतले स्मार्टफोनमा रहेका दुइवटा सीमकार्डमध्ये एकबाट अर्कोमा सजिलै स्विच गर्न सकिन्छ ।नोकियाले दुइवटै स्मार्टफोनमा २ जी सुविधा उपलब्ध गराएको छ । साथै क्षमतावान ब्याट्री, लाउड स्पिकर, स्टेरियो रेडियो तथा मल्टीपल होमस्त्रिmनको सुविधा रहेको छ ।साथै यी स्मार्टफोनमा नोकियाको नयाँ लाइफ प्लस वेब समेत उपलब्ध छ जसबाट शिक्षा तथा स्वास्थ्य सँग सम्बन्धित विभिन्न जानकारी पाउन सकिन्छ । अंग्रेजी भाषामा विश्वका विभिन्न १८ देशमा यो एप्लिकेशन उपलब्ध छ ।
स्मरण रहोस् नोकियाले अहिलेपनि दैनिक आफ्ना १० लाख मोबाइल फोन बेच्दै आएको छ । तरपनि लामो समयसम्म विश्वको सर्वश्रेष्ठ मोबाइल उत्पादक कम्पनीको रुपमा रहेको नोकिया पछिल्लो १८ महिनामा मात्र ३ अर्ब २० करोड घाटामा गएको छ । तथापि पछिल्ला स्मार्टफोनको बिक्रिले आफ्नो बजार मजबुत बनाएर घाटा पूर्ति गर्ने आशा नोकियाले गरेको छ ।

Post a Comment

Previous Post Next Post