ल्यापटप किन्नुअघि जान्नैपर्ने कुरा


कुनै सामान किन्न घरबाट निस्किँदा हामीमध्ये धेरैजना पसलमा हेर्दा जुन मन पर्यो त्यहीँ किन्ने विचारका साथ निस्कन्छौँ । यस्तो सामान किन्ने भन्ने घरमै तयारी गरेर निस्कने मान्छेहरु निकै कम हुन्छन् । तर लुगाफाटो किन्दा त विना तयारी बजार गएपनि ठिकै होला तर यदि तपाइँ ल्यापटप वा अन्य कुनै ग्याजेट किन्न जाँदै हुनुहुन्छ भने यस्तो चालाले पक्कै पनि फाइदा गर्दैन ।
हरेक दिन नयाँ नयाँ प्रविधि तथा फिचर्स भएका ग्याजेटहरु बजारमा आएका हुन्छन् । त्यसैले तपाइँले यस्ता ग्याजेट खरीद गर्न जाँदा यसबारेमा पूर्व जानकारी लिनैपर्ने हुन्छ । बिना तयारी वा विना जानकारी बजारमा गएर यस्ता ग्याजेट खरिद गर्नु सजिलो त पक्कै हुन्न, खरीद गरिहालेमा पनि त्यो फाइदाजनक नहुनसक्छ । यदि तपाइँले नयाँ ल्यापटप किन्ने सोँच बनाउनुभएको छ भने तपाइँले केही जानकारी लिनैपर्ने हुन्छ र तयारी गर्नैपर्ने हुन्छ । यदि त्यसो गर्नुभयो भने तपाइँले आफ्नो आवश्यकता तथा बजेट अनुसारको उत्तम ल्यापटप खरीद गर्न सक्नुहुन्छ ।
विद्यार्थीमा भन्दा बिजनेसम्यान र फिल्डमा काम गर्ने मानिसहरुका लागि ल्यापटपको फिचर्सले ठूलो अर्थ राख्छ । त्यसैले ल्यापटप खरिद गर्नुअघि उनीहरुको मनमा यो सवाल अवश्य पनि उठ्छ की आफ्नो आवश्यकता अनुसार कुन ल्यापटप ठीक हुन्छ – कोही कम रकमको ल्यापटप किन्न चाहन्छन् त कोही केवल गेम खेल्नकै लागि वा इन्टरनेट चलाउने लगायतका सामान्य काम गर्नका लागि समेत ल्यापटप किन्दछन् ।
कति मुल्य सम्मको ल्यापटप किन्ने – भन्ने कुराको अड्कल पहिल्यै गर्नुपर्छ । जुनसुकै मोडेलको ल्यापटप छानेपछि टिकाउ तथा मजबुतीमा कुनै सम्झौता नगर्नुहोस् । साथै ल्यापटप खरीद गर्दा त्यसका सेवा केन्द्र कति छन् – भन्ने कुरामा पनि ध्यान दिनुहोस्, ता कि भोलि ल्यापटप बिग्रिहालेमा वा समस्या आएमा सजिलै बनाउन सकियोस् । कम र्सर्भिस सेन्टर भएका ब्राण्डका ल्यापटप किन्दा भविष्यमा समस्या आउनसक्छ ।
ल्यापटपको ब्याट्री ब्याकअप, वारेन्टी तथा अन्य क्षमताको विषयमा पनि पूरै जानकारी लिएर मात्र खरीद गर्नुहोस् । बढी वारेन्टीको लोभ देखाइएका कमसल ल्यापटप खरीद नगर्नुहोस् । ल्यापटप खरीद गर्दा त्यसमा लोड गरिएको सफ्टवेयरले सही काम गर्छ गर्दैन जाँच्नुहोस् । सामान्यतया कम्पनीले सुरुमा केही ट्रायल सफ्टवयर लोड गरेका हुन्छन् जो केही समयपछि एक्स्पायर हुन्छ वा त्यसलाई अनिवार्य रुपमा आफै हटाउनु पर्ने पनि हुनसक्छ । यसो गर्दा अरु सफ्टवेयर डिलिट हुने खतरा पनि हुनसक्छ । त्यसैले त्यस्ता ट्रायल सफ्टवेयरका बारेमा पर्ूण्ा जानकारी लिएर त्यस्ता सफ्टवेयर सुरुमै हटाएर मात्र ल्यापटप खरीद गर्नुहोस् ।
चाहे बिजनेसम्यानका लागि होस् वा विद्यार्थीका लागि ल्यापटपमा पर्याप्ट मेमोरी हुनु महत्वपर्ूण्ा हुन्छ । यद्यपि आजभोलि ल्यापटपमा मेमोरी पछि बढाउन सकिने एक्स्पान्डेबल मेमोरीको सुविधा पनि प्राप्त हुन्छ । त्यसैले ल्यापटप खरीद गर्दा एक्स्पाण्डेबल मेमोरी स्पेस बढि भएको ल्यापटपमा जोड दिनुहोस् ता की तपाइँले ल्यापटप चलाउँदा तेज गतिमा काम गर्न सक्नुका साथै बढि सामाग्री समेत अटाउन सक्नुहुन्छ । यदि तपाइँ गेमिङका लागि ल्यापटप किन्दै हुनुहुन्छ भने राम्रो स्त्रिmन रिजोलुसन तथा ठूलो स्त्रिmनका साथै राम्रो ग्राफिक सपोर्ट भएको ल्यापटप खरीद गर्नुहोस् ।
गेमिङ ल्यापटप खरीद गर्दा पकेट केही बढि नै गरम पार्नुपर्छ । किनकी बिजनेस तथा स्टुडेन्ट ल्यापटप भन्दा गेमिङ ल्यापटपमा बढि फिचर्स तथा कन्पिmगेरेसन हुने भएकाले महंगो पर्छ । त्यसैले ल्यापटप खरीद गर्दा उल्लेखित कुरामा विचार पूराउनुभयो भने तपाइँले आफ्नो आवश्यकता र औकात अनुसारको असल ल्यापटप भित्राउन सक्नुहुन्छ ।

Post a Comment

Previous Post Next Post