राष्ट्रिय फोटो प्रदर्शनी असोज १२ गतेदेखि


राष्ट्रिय फोटो प्रदर्शनी असोज १२ गतेदेखि

१० असोज, काठमाडौं । फोटो कन्सर्न एनएफपीजे फोटो मेला असोज १२ गतेदेखि काठमाडौंमा हुने भएको छ ।
फोटो पत्रकारहरुको छाता संगठन राष्ट्रिय फोटो पत्रकर समूहको आयोजनामा ३ दिनसम्म चल्ने प्रदर्शनीको प्रमुख आकर्षण राष्ट्रिय फोटो प्रदर्शनी २०६९ हुनेछ । “सुन्दर नेपाल शान्त नेपाल” शिर्षक दिईएको प्रदर्शनीमा अधिराज्यका ७९ जना फोटो पत्रकारहरुका १८९ वटा फोटोहरु रहने छन् ।
प्रदर्शनीमा नेपालको प्राकृति, कला, भेषभुषा, रहनसहन झल्किने फोटोहरु समेटिने मेला संयोजक तथा समूहका सचिव किशोर श्रेष्ठले जानकारी दिनभुयो । प्रदर्शनीमा राखिएका तस्वीरहरुमध्ये दर्शकको रोजाईमा छनौट हुने तीन उत्कृष्ट फोटोलाई आकर्षक पुरस्कारको पनि ब्यवस्था गरिनेछ ।
संयोजक श्रेष्ठका अनुसार मेलाको दोस्रो आकर्षण फोटोग्राफी कार्यशाला हो जहा फोटोपत्रकारिता सम्बन्धि विभिन्न किसिमका कार्यशालाहरु संचालन हुनेछन् । कार्यशालामा नेपालका ख्यातीप्राप्त फोटोपत्रकार,फोटोग्राफरहरुले फोटो मेलामा आउने विद्यार्थी, सिकारु तथा ब्यवशायिक फोटोग्राफर र फोटोपत्रकारलाई बिभिन्न शिर्षकमा प्रशिक्षण दिनेछन् ।
प्रदर्शनीमा क्यामेराका स्टलहरुका साथै फोटोग्राफी, फोटोपत्रकारिता तालिम सम्बन्धी प्रशिक्षण केन्द्र, फोटोग्राफी स्कूल र फोटोग्राफी र फोटोपत्रकारिता सम्बन्धि अन्य विभिन्न किसिमका स्टलहरु पनि रहने छ ।

Post a Comment

Previous Post Next Post