धर्म प्रचार गर्दै हिँडेका चार महिला पक्राउ


१० असोज, इलाम । धर्म प्रचार गर्दै हिँडेका चार महिलालाई प्रहरीले इलाम चोकबजारबाट पक्राउ गरेको छ । पक्राउ पर्नेमा ३० वर्षीया रमा कडरिया, २१ वर्षीया पुष्पा पन्त, १७ वर्षीया विनिता पन्त र ४५ वर्षीया गङ्गा पाण्डे रहेका छन् ।
‘सनातन अवतार धर्म’ को प्रचार गर्दै हिँडिरहेका उनीहरूलाई बुधबार बिहान इलाम बजारबाट पक्राउ गरी जिल्ला प्रहरी कार्यालय ल्याइएको प्रहरी निरीक्षक गणेश बाँस्तोलाले जानकारी दिनुभयो । उनीहरूबाट चित्तबुझ्दो जवाफ नआएपछि थप सशङ्कित बनाएको उहाँले बताउनुभयो ।
धर्म प्रचार गर्ने बहानामा उनीहरुले ओम शान्तिको विरोध गर्दै हिँडेको पाइएको बाँस्तोलाको भनाइ छ । प्रहरीका अनुसार उनीहरुले आफ्नो ठेगाना पनि ढाँट्ने गरेका छन् । रासस

Post a Comment

Previous Post Next Post